गोरखा – पत्रकार महासंघ गोरखाको १०औं साधारण सभा ७ बुदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।
महासंघ गोरखा शाखाको आँपपिपलको लिगलिगमा भएको साधारण सभाले समग्र पालुङटारको विकास सगै समसामयीक राजनैतिक बिषयमा ७ बुदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो ।
घोषणा पत्रमा ऐतिहासीक तथा पुरातात्विक लिगलिगकोट दरबार क्षेत्रको संरक्षण, जिर्णोद्धार, प्रचार प्रसारका साथै उत्त क्षेत्रको समग्र विकासका लागि सम्बन्धित निकायले ध्यान पु¥याउन आग्रह गर्दै शाखाले पालुङटार नगर क्षेत्रको सर्वाङ्गिण विकास, पालुङटार विमानस्थल पुनःसञ्चालन, मध्यपहाडी लोकमार्ग द्रुत गतिमा निर्माण सम्पन्न गर्न समेत महासंघ जोडदार माग गरेको छ ।
१७ र १८ गते भएको साधारण सभाले पत्रकारको क्षमता अभिवृद्धि तथा वृत्ति विकासका कार्यक्रम सञ्चालनका लागि गोरखाका सबै स्थानीय तह तथा अन्य संघ संस्थाहरुसँग सहकार्य तथा सहयोगका लागि शाखाले अपेक्षा गरेको छ ।
निकै चर्चामा आएको पत्रकार सदस्यता सुद्धिकरण अभियानलाई शाखाले आगामी दिनमा पनि निरन्तरता दिने भन्दै देशैभरका अन्य शाखाहरुमा पनि त्यस्ता अभियानको थालनी गर्न र ब्यबसायीक पत्रकारिता विकास गर्न आग्रह गरेको छ ।
साथै वर्तमान राष्ट्रिय राजनितिक घटनाक्रमले लोकतन्त्रको सवंद्र्धनमा संकट उत्पन्न हुन सक्ने अबस्था देखा परेको हुँदा सर्वपक्षीय ढंगबाट समस्या समाधानका भेलाले आग्रह गर्दै महासंघ केन्द्रिय समितिको धारणालाई गोरखा शाखा पुर्ण समर्थन गरेको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्ष गोबिन्द आचार्य, उपाध्यक्ष विपुल पोखरेल, केन्द्रिय भूपु अध्यक्ष धमेन्द्र झा, पालुङटार नगरपालिकाका मेयर ई.दिपक कडेल, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, पालुङटार नगरपालिकाका उप मेयर पम्फा बसेल, प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य कैलासबावु श्रेष्ठ लगायतले शुभकामना मनतब्य राखेका थिए ।
तुलसी पत्रकारीता पुरस्कार श्रेष्ठलाई
पत्रकार महासंघ गोरखाले तुलसी पत्रकारीता पुरस्कार भिमलाल श्रेष्ठलाई प्रदान गरिएको छ । कान्तिपुर टेलिभिजनको जिल्ला संबाददाता भएर काम गरिरहेका श्रेष्ठलाई नगद १० हजार र सम्मान पत्रले सम्मान गरिएको थियो ।
सदस्यता सुद्विकरणमा परेकालाई पनि सम्मान
पत्रकार महासंघ गोरखा शाखाले चलाएको सुद्विकरण अभियानमा परेका पूर्व सदस्यहरुलाई पनि साधारण सभामा सम्मान गरिएको थियो ।
कार्यक्रममा उपस्थित अस्मिता रानामगरलाई खादा र सम्मान पत्र दिएर शाखाले बिदाई गरेको हो ।






















