एजेन्सी – स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडले सहज जित हात पारेको छ ।
्मंगलबार राति भएको खेलमा एट्लेटिको मड्रिडले रियल सोसिडाडलाई २–० ले हराएको हो ।
सोसिडाडको मैदानमा भएको खेलमा एट्लेटिको मड्रिडको जितका लागि हेर्मोसोले ४९औँ र लोरेन्तेले ७४औँ मिनेटमा गोल गरे ।
यो जितसँगै १३ खेलबाट ३२ अंक बनाएको एट्लेटिको मड्रिड ३ अंकको अग्रताकासाथ शीर्ष स्थानमा कायम छ । १४ खेल खेलेको रियल मड्रिड २९ अंकसहित दोस्रो स्थानमा छ । आज राति रियलले ग्रानाडासँग प्रतिस्पर्धा गर्दैछ ।
ला लिगा अन्तर्गत गएराति भएका अन्य खेलमा सेभिल्लाले भ्यालेन्सियालाई १–० ले हरायो । हुएस्का र लेभान्टे अनि भिल्लारियल र एथ्लेटिको बिल्बाओले १–१ को बराबरी खेले एल्ची र ओसासुनाले २–२ को बराबरी खेले खेले ।



