काठमाण्डौं – नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिग बास क्रिकेट लिग खेल्न आज अस्ट्रेलिया जाँदै छन् ।
लामिछाने लिग खेल्नका लागि आज (मंगलबार) विहान ११ः०० बजे कतार एयरवेजबाट अस्ट्रेलिया जान लागेका हुन् ।
यसअघिका २ सिजन मेलबर्न स्टार्सबाट खेलेका सन्दीप यो सिजनमा होबर्ट हरिकेन्ससँग आबद्ध छन् ।
अस्ट्रेलिया पुगेर करिब १४ दिनको क्वारेन्टाइन बसे पछि सन्दीपले खेलहरु खेल्ने छन् ।




















