काठमाण्डौं – नेपाली सांगीतिक क्षेत्रमा मेटल शैलीका गीतहरु कमै बन्छन् ।
यसैबीच यूट्युब मार्फत एउटा नयाँ मेटल शैलीको गीत ‘भूत’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
उक्त गीत शास्त्र नेपालले तयार पारेको हो । उक्त गीतमा संगीतकर्मी बिनोद ढकालको शब्द, संगीत तथा स्वर सुन्न सकिन्छ ।
गायक बिनोद ढकालको अफिसियल यूट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको हो ।
उक्त गीतको भिडियोमा निर्जन थापा, अञ्जु चौलागाईं, शेखर सुवेदी, नम्रता अर्याल तथा सुमी क्षेत्रीले अभिनय गरेका छन् ।
भिडियोमा मधुकर बलामी तथा सत्यम राणाको भिएफएक्स छ भने राजेन्द्र मोक्तान यसका कलरिष्ट हुन् ।
भिडियोलाई लक्ष्मण सुनारले निर्देशन तथा सम्पादन गरेका छन् । आरोन अशोककुमार यो भिडियोका छायांकार हुन् ।


