एजेन्सी – धेरै जसो मानिस झुटो कुरा बोल्दीन भन्दा भन्दै बोल्छन् । सायद तपाई पनि यो झुट बोल्ने मध्येकै एक हुनुहुन्छ ।
मानिसले चाहेर भन्दा पनि उ संग भएको सेल्स सर्भिङ ह्यूमन टेन्डेन्सी कारण झुट बोल्ने गरेको मनोबैज्ञानिकहरुले पत्ता लगाएका छन् । यसलाई उनीहरुले द फन्डामेन्टल अट्रिब्यूशन एरर नाम दिएका छन् ।
झुटो बोलेकै कारण धैरेले हामीलाई नराम्रो बानी भएको र चरित्रमाथि नै प्रश्न चिन्ह खडा गर्दै आएका छन् । मानिसको यो झुट केबल त्रुटि र अशुद्धि मात्र हो ।
यो हाम्रो भित्र गहिरोसँग बसेको छ । जसका कारण हामीलाई झुटो बोल्ने बानी भईसक्यो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दैनिक २२ झुट बोल्ने गरेको तथ्य सार्वजानिक भएको छ । वाशिंगटन पोस्ट फ्याक्ट चेकर्सले उनको असत्य बयानको बारेमा अनुसन्धान गर्दा उनी हरेक दिन २२ झुट बोल्ने गरेको तथ्य पत्ता लगाएको थियो ।




















