काठमाण्डौं – स्पेनिस ला लिगाअन्तर्गत गए राति भएको खेलमा रियल मड्रिड घरेलु मैदानमा पराजित भएको छ । रियललाई डिपोर्टिभो अलाभेसले २–१ गोल अन्तरले पराजित गरेको हो ।
पाचौँ मिनेटमा नै लुकास पेरेजले गोल गरेपछि अलाभेस खेलमा अगाडि बढेको थियो । उनले पेनाल्टीमार्फत गोल गरेका थिए । अको गोल ४९औँ मिनेटमा जोसेलुले गरेका थिए । रियलका लागि एक मात्र गोल कासेमिरोले ८६औँ मिनेटमा गरे ।
जितपछि अलाभेस ११ खेलबाट १३ अंकसहित नवौँ स्थानमा उक्लिएको छ। रियल १० खेलबाट १७ अंकसहित चौथो स्थानमा छ । शीर्षस्थानको रियल सोसिडाडको १० खेलबाट २३ अंक छ । २३ अंक नै भएको अट्लेटिको मड्रिडले एक खेल कम खेलेको छ ।



