×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

नेपाली खेलकुदको पुनरागमन, नतिजा हार

  •  गोरखा समाचार
  • शनिबार, कार्तिक २९, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ — यो खेललाई धेरै पछिसम्म पनि कोरोना भाइरस संक्रमणको महामारीबीच नेपाली खेलकुदको पुनरागमनका रूपमा लिइनेछ, तर फुटबलको मैदानमा प्राप्त नतिजा भने सुखद् रहेन । बंगलादेशले पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शुक्रबार नेपाललाई २–० ले हराएको हो ।

    ढाकाको बंगबन्धु रंगशालामा भएको खेलमा बंगलादेशले प्रत्येक हाफमा एक–एक गोल गरे । बंगलादेशले दसौं मिनेटमा सुरुआती अग्रता लिएको थियो र त्यसमा नबीब नेवाज जिवोनले नजिकको दूरीबाट गोल गरे ।

    बंगलादेशका तर्फबाट उनले ८०औं मिनेटमा महबुदुर रहमान सुफीले दोस्रो गोल गरे । काउन्टर आक्रमणमा उनले बल अगाडि बढाउँदै दर्शनीय गोल गरेका थिए । नेपालले पूरा खेल अवधिमा सटिक देखिन सक्ने कुनै पनि आक्रमण गर्न सकेन र हार बेहोर्न बाध्य रह्यो । यससँगै दुई खेलका शृंखलामा बंगलादेश १–० ले अगाडि रह्यो । अब दोस्रो खेल मंसिर २ गते मंगलबार हुनेछ । चैतमा कोरोना महामारीका कारण सम्पूर्ण खेल गतिविधि रोकिएको थियो । यससँगै पूरा खेल क्षेत्र ठप्प भएको थियो ।

    यो खेलसँगै त्यहाँको बंगलादेशको खेलकुद पनि औपचारिक रूपमा मैदानमा फर्केको छ । बंगलादेशले दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको प्रस्ताव राखेपछि नेपालले त्यसलाई स्विकारेको हो । दुई साताभन्दा कम समयको तयारीपछि नेपाल मैदानमा ओर्लेको हो । खेलपछि नेपाली प्रशिक्षक बालगोपाल महर्जनले आफ्नो टिमको प्रदर्शनप्रति सन्तुष्टि जनाए । उनले भने, ‘छोटो तयारीमा पनि यति खेल्न सक्नु राम्रो हो, हाम्रो आक्रमणमा केही समस्या भने रह्यो ।’

    उनले अबको खेलमा त्यसमा सुधार गर्ने दाबी गरे । बंगलादेशका प्रशिक्षक जेमी डेले आफ्नो टिमको जितमा खुसी प्रकट गरे । उनले भने, ‘यो जितका बावजुत हाम्रो मध्यपंक्तिमा लय देखिएन र धेरै समस्या रह्यो । हामी पनि यो कमजोरीलाई अर्को खेलमा सुधार गर्नेछौं ।’ बंगलादेशले गरेको पहिलो गोलमा नेपाली डिफेन्सको कमजोरीले बढी भूमिका खेलेको थियो । मोहम्मद साद उद्दिनले सुमन अर्याल तथा विकास खवासलाई बिट गर्दै आकर्षक पास निकाले र यसमा जिवोनले नजिकको दूरीबाट गोल गरे ।

    दोस्रो गोलका लागि रहमानले नेपाली गोलरक्षक किरण चेम्जोङ बिट गर्ने क्रममा बललाई हल्का घुमाउरो बाटो तय गराएका थिए । खेलको अन्य अवसरमा बंगलादेश नै हाबी रह्यो । मानिक मुल्लाले २७औं मिनेटमा पेनाल्टी एरिया बाहिरबाट शक्तिकाली प्रहार गरेका थिए, त्यसमा नेपाली गोलरक्षक किरण चेम्जोङले आकर्षक बचाउ गरे । ७६ औं मिनेटमा उनले गरेको फ्रिकिक प्रहार पनि किरणले राम्रो बचाउ गरेका थिए ।

    नेपालले दुवै हाफमा केही अवसर सिर्जना गरे पनि त्यसमा बंगलादेशी गोलरक्षक र रक्षापंक्तिलाई दबाबमा राख्न सकेन । पहिलो हाफमा अञ्जन विष्ट र नवयुग श्रेष्ठले अवसर पाए पनि त्यसको सही सदुपयोग गर्न सकेनन् । खेलको ७३औं मिनेटमा सब्स्टिच्युट भरत खवासको हेड पोस्टको माथिबाट बाहिरिएको थियो । अनन्त तामाङले ७७ औं मिनेटमा गरेको लामो हेडलाई पनि बंगलादेशी गोलरक्षकले बचाएका थिए ।

    नेपालले दुई वर्षअगाडि सन् २०१८ को साफ च्याम्पिनसिपमा बंगलादेशलाई यही मैदानमा २–० ले पराजित गरेको थियो । योसँगै घरेलु मैदानमा बंगलादेश प्रतियोगिताबाटै बाहिरिएको थियो । बंगलादेशले त्यसको बदला लिन सफल भएको छ । बंगलादेशले नेपाललाई हराएको भने यो ५ वर्षपछि पहिलोपल्ट हो । सन् २०१५ मा भारतमा भएको साफ च्याम्पियनसिपअगाडि बंगलादेशले ढाकामै भएको मैत्रीपूर्ण खेलमा नेपाललाई १–० ले हराएको थियो ।

    नेपालका लागि विकास खवास, एरिक विष्ट र दर्शन गुरुङ गरी तीन खेलाडीले डेब्यू गर्ने अवसर पाएका थिए । डिफेन्डर विकासले सुरुदेखि खेल्न पाए भने एरिक ४०औं मिनेटमा मैदानमा प्रवेश गरेका थिए । विक्रम लामा घाइते भएर मैदान छाड्न बाध्य भएपछि एरिकले खेल्ने अवसर पाएका हुन् । दर्शन भने रवि पासवानको स्थानमा मैदान छिरे । यो खेल हेर्न बंगबन्धु रंगशालामा ८ हजार दर्शकलाई प्रवेशको अवसर दिइएको थियो ।

    नेपाली टिम : किरण चेम्जोङ (कप्तान), सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, विकास खवास, विक्रम लामा (एरिक विष्ट–४२), तेज तामाङ (भरत खवास–८८), अञ्जन विष्ट (विमल राना–८८), सुजल श्रेष्ठ, रवि पासवान (दर्शन गुरुङ–६८), नवयुग श्रेष्ठ (जर्ज प्रिन्स कार्की–४६) ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    शनिबार, कार्तिक २९, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न : ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
    प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित
    विश्वकप फुटवल : १६ वर्षपछि स्पेनकाे पाेल्टामा उपाधि
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.