नेपाली सांगितक आकाशमा यो पटक भने पर्वका गीतहरु त्यति धेरै सार्वजनिक भएन । पहिलेको तुलनामा यो पटक न तीजमा धेरै गीत आयो न दशैमा न त अहिले सम्म तिहारमा नै । तर यो पटक भने तिहारमा एक छुट्टै खालको मौलिक गीत “देउसीरे..” सार्वजनिक भएको छ । संगीतकार तथा गायिका अस्मि रिसालको तिहारको नयाँ गीत “देउसीरे ” सार्वजनिक भएको हो ।
कर्ण चापागाईको शब्द रचनामा संगीतकार सुरेश अधिकारीको संगीत रहेको यस गीतमा नेपाली चलचित्र नगरीको चर्चित नायिका सुरबिना कार्की र अभिनेता नरेन खड्का र गायिका अस्मि रिसाल र दिपिका थापालाई फिचर्ड गरिएको छ । नेपाली गीत लगायत भारतीय गीतमा पनि अवाज तथा अभिनय गरी सकेकी गायिका अस्मि रिसाल नेपाली सांगितक आकाशमा आफ्नो छुट्टै पहिचान बनाउने कोसिसमा रहेकी छिन । हेर्नुस् भिडियो
सांगीतिक र अभिनयको कक्षा लिएकी गायिका रिसालले यो पटकको तिहार पर्वको लागी आफ्ना दर्शक श्रोतालाई शुभकामना स्वरुप यो गीत “देउसीरे” सार्वजनिक गरेकी हुन् । यस गीतमा सौरब लामाको सिनेमाटोग्राफी, मित्र गुरुङको सम्पादन रहेकोछ । निर्देशक रामजी लामिछानेको कोरियोग्राफ तथा निर्देशनमा तयार भएको यस गीतलाई ओ एस आर डिजिटलको आफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।


