गायिका बिमोचना लम्जेलको सुमधुर स्वरमा रहेको नयाँ गीत ‘सपना मेरो’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
एक युवतीको भविष्यको सपना र कल्पना व्यक्त गरिएको यस गीतका शब्द गायिका लम्जेल र विवेक क्षेत्रीले मिलेर लेखेका हुन्। गीतमा संगीत गायिका लम्जेल र अनित थापाको रहेको छ।
दार्जिलिङमा रेकर्डिङ भएको गीतको भिडियो पनि दार्जिलिङको मिरिक वरपर छायांकन गरिएको हो। म्युजिक भिडियोमा अंकिता थुलुङ राई, सुभाष तामाङ, बिन्द्या तामाङको अभिनय देख्न सकिन्छ। अरविन्द राज प्रोडक्शनको निर्माणमा तयार पारिएको भिडियोलाई गायिका लम्जेलको अफिसिएल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।
सुरुदेखि नै साँगितिक परिवारमा हुर्किएकी बिमोचना चर्चित लोक गायिका डेजी बराईलीकी छोरी हुन् । उनका बुवा पनि चर्चित संगीतकार हुन् । सन् २००६ मा ‘पलेटी’ कार्यक्रममा आमाबुवासँगै गीत गाउन आएकी बिमोचनाले गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ मार्फत नेपाली दर्शक स्रोता माझ आफ्नो परिचय स्थापित गरिसकेकी छिन्।
भिडियाे हेर्न यहाँ थिच्नुहाेस


