स्वर्गीय आशिष तामाङलाई समर्पित गर्दै उनको सम्झनामा ‘सुनन’ बोलको गीत म्युजिक भिडियो सार्वजनिक भएको छ।
प्रेमिल शैलीको यस गीतमा स्वर सुशील श्रेष्ठ ‘जुजु’ को रहेको छ भने शब्द स्वयम् गायक सुशील श्रेष्ठ ‘जुजु’ र स्वर्गीय आशिष तामाङको रहेको छ। यस गीतलाई स्वर्गीय आशिष तामाङले संगीतवद्द गरेका हुन्। म्युजिक भिडियोमा प्रेमीले आफ्नी प्रेमिका प्रतिको प्रेम भाव प्रस्तुत गरेका छन्।
नायक आकाश श्रेष्ठ , उषा उप्रेती र प्रकाश जिसी फिचर्ड भिडियोमा सुदिप बरालको कन्सेप्ट र छायांकन रहेको छ। टेकेन्द्र शाहले भिडियोलाई सम्पादन गरेका हुन्। काजी बहादुर श्रेष्ठको लगानी रहेको भिडियोलाई आचार्य गोपालको निर्देशनमा तयार पारिएको हो। गायक श्रेष्ठको अफिसिएल युट्युव च्यानल ‘ जुजु क्रियशन’ मार्फत भिडियो सार्वजनिक गरिएको हो।


