अक्षय कुमारको फिल्म ‘बेलबटम’मा नोरा फतेहीले आइटम गीतमा नृत्य गर्ने भएकी छन्। लकडाउनपछि अक्षय कुमारले बेलायत गएर ‘बेलबटम’को सुटिङ पूरा गरे। यो फिल्म स्तरीय बनाउन निर्माता निर्देशकले कुनै कसर छाडेका छैनन्। अहिले फिल्ममा नोरालाई जोडिएको छ।
नोराको यो गीतको छिट्टै सुटिङ हुने भएको छ। नोरामाथि फिल्माइएका प्रायः गीत हिट छन्। उनी उत्कृष्ट नृत्यांगना हुन्। उनको नृत्य दर्शकलाई निकै मन पर्छ।
यही कुरालाई ध्यानमा राख्दै फिल्ममा उनलाई लिइएको हो। फिल्मको निर्देशन रञ्जित तिवारीले गरिरहेका छन्। तिवारीले फरहान अख्तरलाई लिएर सन् २०१७ मा लखनउ सेन्ट्रल नामक फिल्म बनाएका थिए।


