गायक कमल खत्रीको स्वरमा रहेको ‘याद’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। युवा गीतकार सुदीप लम्सालको शब्द र स्वयम खत्रीको संगीत रहेको गीतलाई रिकेश गुरुङ किजले संगीत संयोजन गरेका हुन्।
श्रीमानले आफ्नी दिवंगत पत्नीको यादमा गाएको कथा समेटिएको म्युजिक भिडियोमा गीतकार सुदीप लम्साल र समिक्षा पोखरेलको देख्न सकिन्छ।
पवन सुस्लिङले छायांकन र सम्पादन गरेको यस भिडियोलाई गीतकार लम्सालले नै निर्देशन गरेका हुन् ।


