×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

हात्तीको तनाव भगाउन गाँजाको तेल

  •  गोरखा समाचार
  • मङ्गलबार, कार्तिक १८, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कोरोना महामारीका कारण लकडाउनमा घरमै थुनिँदा, जागिर र व्यवसाय गुमाउँदा, घुमफिर गर्ने स्वतन्त्रता गुमाउँदा विश्वका करोडौं मानिसहरुमा मनोवैज्ञानिक समस्या देखिन थालेको विभिन्न अध्ययनहरुले देखाएकै छन् ।

    मानिसहरुको यस्तो तनावको वास्तविक समाधान त कोरोना भाइरसविरुद्धको खोप पत्ता नलाएसम्म नहुने पक्का छ । यही मेलोमा पोल्याण्डका वैज्ञानिकहरुले चाहिँ हात्तीको तनाव कम गर्न गाँजाको तेल खुवाउन थालेका छन् ।

    पोल्याण्डको राजधानी वार्सास्थित एक चिडियाखानामा रहेका हात्तीहरुको तनाव कम गर्नका लागि गाँजाको तेल उपयोगी हुने तथ्यलाई पुष्टि गर्न उनीहरुले हात्तीको रगत, र्याल र अन्य नमूना समेत लिएर परीक्षण गरेका थिए ।

    चिडियाखानाकी भेटेनरी डाक्टर एग्नेज्का जुकोस्काका अनुसार घोडा तथा कुकुर लगायतका जनावरको तनाव तथा एन्जाइटी कम गर्नका लागि गाँजाको तेल लाभदायी हुने कुरा यसअघि नै प्रमाणित भैसकेको थियो ।

    चिडियाखानामा रहेका जिराफ, हात्ती, पोलार भालु तथा गैँडा लगायतका जनावरमा पनि त्यही विधि अबलम्बन गर्न सकिन्छ कि भनेर उनीहरुले प्रयास सुरु गरेका छन् र पहिलो चरणमा चिडियाखानामा रहेका ३ वटा हात्तीमा परीक्षण गरेका छन् ।

    गत मार्चमा चिडियाखानामा रहेको साथी हात्ती मरेसँगै ती तीनवटा हात्तीहरु तनावका कारण असामान्य व्यवहार देखाउन थालेका थिए । सोही कारण निकट भविष्यमै गर्भवती हुने सम्भावना रहेको एक पोथी हात्तीलाई जोखिम हुने, हात्तीहरु एक आपसमा लडेर दाह्रा भाँच्ने वा घाइते हुने जोखिम रहेको उनको भनाइ छ । त्यसैले चिडियाखानामा त्यस्तो अप्रिय घटना नहोस् भनेर हात्तीको तनाव घटाउन गाँजाको तेल खुवाउने परीक्षण उनीहरुले सुरु गरेका हुन् ।

    हात्तीलाई गाँजाको तेल खुवाउन लागेको भनी कतिपयले आलोचनासमेत नगरेका होइनन् । हात्तीलाई ड्रग्स खुवाएको भनेरसमेत आलोचना भएसँगै चिडियाखानाले गाँजाको तेल ड्रग्स नभएको र यसमा गाँजामा हुने लठ्याउने तत्व टिएचसी नहुने प्रष्ट पारेको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, कार्तिक १८, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री शाहले आज प्रतिनिधिसभामा सांसदहरुका प्रश्नको जवाफ दिदै
    प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित भएर प्रश्नको जबाफ दिन सभामुखकाे रूलिङ
    नेपाल–बङ्गलादेशका फोटो पत्रकारद्वारा पोखरा रङ्गशालामा वृक्षारोपण, मित्रताको ‘हरियो सम्झना’
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.