×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

राजस्थानविरुद्ध कोलकाता ६० रनले विजयी, प्ले अफ फैसला मुम्बई र हैदराबादको खेलले गर्ने

  •  गोरखा समाचार
  • सोमबार, कार्तिक १७, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को लिग चरणको अन्तिम खेलमा राजजस्थान रोयल्स कोलकाता नाइट राइडर्ससँग पराजित भएको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार राति सम्पन्न खेलमा कोलकाता ६० रनले विजयी भएको हो।

    टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रन जोडेको थियो। जवाफमा १९२ रनको लक्ष्य पछ्याएको राजस्थान ९ विकेटको क्षतिमा १३१ रनमै सीमित भयो।

    राजस्थानका कुनै पनि ब्याट्समेन खुलेर खेल्न सकेनन्। उसका लागि जोश बटलरले सर्वाधिक ३५ रन जोडे। त्यस्तै राहुल तेवासियाले ३१ तथा श्रेयस गोपालले २३ रन बनाए। यसैगरी बेन स्टोक्सले १८ रन बनाउँदा अन्य ब्याटसमेनले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

    कोलकातालाई जिताउन प्याट क्यूमिन्सले राजस्थानका ४ विकेट झारे। त्यस्तै शिवम मावि र वरुण चक्रवर्तीले समान २/२ विकेट हात पारे।

    यसअघि ब्याटिङ गरेको कोलकाताका इओन मोर्गानले नटआउट ६८ रन बनाए। त्यस्तै राहुल त्रिपाठीले ३९ र शुबमन गिलले ३६ रन जोडे भने आन्द्रे रशेलले २५ रनको योगदान गरे।

    राजस्थानका राहुल तेवासियाले ३ तथा कार्तिक त्यागीले २ विकेट लिए। त्यस्तै जोफ्रा आर्चरले १ विकेट आफ्नो नाममा पारे।

    प्ले अफ पुग्ने सम्भावना जिवित राख्न जित्नैपर्ने दबाबमा दुबै टिम थिए। यसमा कोलकाताले आफ्नो सम्भावना जिवित राखेको छ। तर कोलकाताको प्ले अफ पुग्ने निश्चित भने मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीचको मंगलबार हुने खेलले निर्धारण गर्नेछ।

    हैदराबादको १३ खेलबाट १२ अंक रहेको छ। उसले मुम्बईलाई हराएमा नेट रनरेटका आधारमा प्ले अफ पुग्ने सम्भावना धेरै हुन्छ। तर उसको हारले भने बाहिरिनुका साथै कोलकातालाई प्ले अफमा पु¥याउने छ।

    उता दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच आज हुने खेलले प्ले अफमा पुग्ने दोस्रो टिमको टुङ्गो लाग्नेछ। यी दुईमध्ये हार व्यहोर्ने टिमको नेट रनरेट खस्किएर कोलकाताको भन्दा कम भए प्ले अफ पुग्ने सम्भावनालाई हैदराबादको जितले फरक पार्ने छैन।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    सोमबार, कार्तिक १७, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न : ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
    प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित
    विश्वकप फुटवल : १६ वर्षपछि स्पेनकाे पाेल्टामा उपाधि
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.