×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

आईपीएल : प्लेअफ पुग्‍ने कसको सम्भावना कस्तो ?

  •  गोरखा समाचार
  • शुक्रबार, कार्तिक १४, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्सबीचको खेल अगाडि इन्डियन प्रिमियर लिग २०२० मा सबै टिमले आफ्ना १२–१२ खेल खेलेका छन् । यो स्थितिमा पनि शीर्ष चार स्थानमा रहेर प्लेअफका लागि छनोट हुने टिमको ठ्याक्कै समीकरण तयार हुन सकेको छैन ।

    मुम्बई इन्डियन्स बलियो स्थितिमा रहेको एक मात्र टिम हो भने चेन्नई सम्भावना सकिएको एक मात्र टिम । यस अर्थमा कसको सम्भावना कस्तो त ? समीकरण जटिल छ ।

    मुम्बई इन्डियन्स

    मुम्बईको १२ खेलबाट १६ अंक छ र यो नै एक मात्र यस्तो टिम हो, जसबारे दाबी गर्न सकिन्छ, लगभग प्लेअफका लागि छनोट भइसकेको छ । मुम्बईले दिल्ली क्यापिटल्स र सनराइज हैदराबादविरुद्ध खेल्न बाँकी छ । अहिलेसम्मको समीकरण अनुसार मुम्बई शीर्ष दुई मध्ये एक स्थानमा रहने छ, किनभने दिल्ली र रोयल च्यालेर्न्ज बेंग्लोरमध्ये एकै टिमको मात्र बढीमा १८ अंक हुन सक्छ । फेरि मुम्बईको नेट रनरेट पनि निकै राम्रो रहेको छ ।

    रोयल च्यालेन्जर्स बेंग्लोर

    रोयल च्यालेन्जर्स बेंग्लोरका दुई बाँकी खेलमध्ये पहिलो सनराइज हैदराबाद रहेको छ भने अन्तिम दिल्ली क्यापिटल्सविरुद्ध छ । उसको १२ खेलबाट १४ अंक छ । आफ्नो पछिल्लो खेलमा मुम्बई इन्डियन्ससँग पराजित रहे पनि बेंगलोर आरामले शीर्ष चारमा पर्ने देखिन्छ । उसले यसका लागि अन्तिम दुई खेलमध्ये एकमा जित निकाले पुग्छ । दुवै खेलमा पराजित रहेको खण्डमा पनि बेंग्लोर १४ अंकमा कायम रहनेछ र यति बेला अरू टिमको नतिजा निर्णायक हुन सक्नेछ ।

    दिल्ली क्यापिटल्स

    मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध रहेका छन्, दिल्ली क्यापिटल्सका अन्तिम दुई खेल । उसको १२ खेलबाट १४ अंक छ । सनराइज हैदराबादविरुद्ध ठूलो अन्तरको हारले दिल्लीलाई केही अप्ठ्यारोमा पारेको हो । फेरि उसका बाँकी दुई खेल पनि शीर्ष स्थानका टिमविरुद्ध नै रहेको छ, जुन पक्कै सजिलो हुने छैन ।

    यसमध्ये एक खेलमा विजयी रहे पनि दिल्लीको छनोट सम्भावना कायम रहनेछ । यही १४ अंकले पनि दिल्लीलाई प्लेअफमा पुर्‍याउन सक्छ तर हैदराबादविरुद्धको जस्तो हार फेरि बेहोर्नु परे दाबेदार मानिएको टोली बाहिरिने छ ।

    किंग्स इलेभेन पञ्जाब

    किंग्स इलेभेन पञ्जाब पछिल्लो समय खुबै लयमा छ र यसै कारणले त हो, उसले पछिल्ला पाँच खेल लगातार जितेको छ । यो जितको क्रमलाई सात खेल पुर्‍याउने हो भने पनि पञ्जाब प्लेअफका लागि योग्य हुनेछ । पञ्जाबको १२ खेलबाट १२ अंक छ र उसको नेट रनरेट पनि राम्रो छ ।

    पञ्जाब अन्तिम दुई खेल विजयी रहे पनि, त्यो जितको अन्तर निकै साँघुरो रह्यो भने समीकरण जटिल र अनिश्चित हुन सक्छ । दुई मध्ये एक खेलमा हारे पनि पञ्जाबको सम्भावना समाप्त भने हुने छैन् । पञ्जाबले पुछारको दुई टोली राजस्थान र चेन्नईसँग खेल्न बाँकी छ ।

    सनराइजर्स हैदराबाद

    सनराइजर्स हैदराबादका लागि प्लेअफ सम्भावनाको समीकरण स्पष्ट छ, उसले आफ्ना बाँकी दुई खेल जित्नु पर्‍यो, अनि आसमा रहनु पर्‍यो, १६ अंक छुन सक्ने पाँच टिममध्ये दुईले यस्तो आँकडा छुन नसकोस् । उसको नेट रनरेट पनि खासै नराम्रो छैन, त्यसैले यो हैदराबादका लागि सकारात्मक पक्ष हुनेछ । उसले आफ्ना अन्तिम दुई खेलमा बेंग्लोर र मुम्बईको सामना गर्नेछ । हैदराबादका लागि मुम्बईले बेंग्लोरलाई हराउनु राम्रो नतिजा रहेको छ । हैदराबाद अहिले १० अंकमा छ ।

    राजस्थान रोयल्स

    राजस्थान रोयल्सको नेट रनरेट कमजोर छ, अझ नकारात्मक छ, त्यसैले सम्भवतः उसको सम्भावना अरूको तुलनामा कमजोर जस्तै छ । आफ्ना बाँकी दुई खेलमा उसको प्रतिद्वन्द्वी रहेको छ, किंग्स इलेभेन पञ्जाब र कोलकाता नाइट राइडर्स । अहिले उसको १० अंक छ । यदि राजस्थानको १४ अंक हुन्छ र नेट रनरेटको समीकरण आवश्यक परेन भने उसको छनोट सम्भावना बढ्न सक्छ । त्यस अर्थमा राजस्थानले सबैभन्दा पहिले बाँकी दुई खेल नै जित्नु पर्‍यो ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    शुक्रबार, कार्तिक १४, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न : ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
    प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित
    विश्वकप फुटवल : १६ वर्षपछि स्पेनकाे पाेल्टामा उपाधि
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.