स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले पदबाट राजिनामा दिएका छन्। विश्वासको मत लिनुभन्दा पहिले नै मंगलबार उनले राजिनामा दिएका हुन्।
अब नयाँ अध्यक्षको छनोट बाँकी बोर्ड डाइरेक्टरबाट ९० दिनभित्र चुनाव गरेर गर्नुपर्ने छ।
एक टेलिभिजनलाई अन्तरवार्ता दिँदै बार्टोमेउले ‘यो निर्णय सोँच विचार गरेरै गरेको’ बताएका छन्।
हरेकदिन हुने गतिविधि अब अन्तरिम व्यवस्थापनले नयाँ कार्यकारी प्रमुख नियुक्त नगरेसम्म गर्नेछ।
उनको बरखास्तीको माग गर्दैै २० हजारभन्दा बढी क्लब समर्थकले यसै महिना हस्ताक्षर संकलन गरेका थिए। उनको व्यवस्थापनमा उनीहरूले चित्त बुझाएका थिएनन्।




















