जाजरकोट – जाजरकोटको औलभिरमा जिप दुरर्घटना हुदा ५ जनाको मृत्यु भएको छ ।
जुनीचाँदे गाउँपालिका १ को औलभीरमा भे. १ ज ९३५ नं को जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा जुनीचाँदे ११ का वडाध्यक्ष अमरबहादुर शाही, स्थानीय खेमराज शाही, कृतिबहादुर शाही, कृष्णबहादुर शाही र मालिका बस्नेतको मृत्यु भएको जाजरकोटका प्रहरीले जनाएको छ ।




















