काठमाण्डौं – नोबल कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या नेपालमा ९४ हजार पार गरेको छ । आज एकै दिनमा मात्रै अहिले सम्मकै धेरै ३४३९ जनामा संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमीत पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमले देशभरबाट संकलित १४ हजार २०९ नमुना परीक्षण गर्दा ३४३९ जनामा संक्रमण देखिएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको छ ।


