पोखरा – गण्डकी प्रदेशको विभिन्न जिल्लामा आज थप ६६ जनामा संक्रमण पुष्टी भएको छ ।
प्रदेशको म्याग्दी, तनहुँ, कास्की, लमजुङ, नवलपुर र बागलुङमा गरी थप ६६ जनामा संक्रमण देखीएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले पुष्टी गरेको हो । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या ४३७५ पुगेको छ ।
निर्देशनालयले आज बिहान ७ः३०, १०ः००, ११ः०० र १२ः१५ बजे गरी ४ पटक सूचना जारी गर्दै प्रदेशको ६ जिल्लामा ६६ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । जस अनुसार सबै भन्दा धेरै बागलुङमा ३२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
त्यस्तै गरी नवलपुरमा १३ जना, कास्कीमा १२ जना, तनहुँमा ४ जना, लमजुङमा ३ जना र म्याग्दीमा २ जनामा संक्रमण देखिएको छ । निर्देशनालयले सूचनामा सबै जिल्लाका संक्रमितहरुलाई सम्बन्धीत स्थानको आइसोलेसनमा लाने तयारी भई रहेको जनाएको छ ।


