बुटवल – प्रदेश नम्बर ५ को राजधानी बुटवलबाट दाङ सार्ने प्रस्तावको विरोध गर्दै सत्तारुढ नेकपाका २२४९ जना कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन् ।
नेकपाको भिन्न ३५ संस्थामा आवद्ध २२४९ जनाले पार्टी छाडेको घोषणा गरेका हुन् ।
उनीहरुले बुटवल सबै कुराले उपयुत्त भएको भन्दै पार्टीले गलत निर्णय गरेको गरेको पार्टी परित्याग गरेको पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन ।
उनीहरुले राजधानी प्रस्ताव फिर्ता नदिए पार्टीमा बस्नुको कुनै अर्थ नभएको समेत बताए । गृहकार्य बिना एकलौटी रुपमा राजधानीको विषयमा निर्णय गरेको उनीहरुको आरोप छ ।
राजीनामाको घोषणा गर्नेमा रुपन्देही उद्योग संघका अध्यक्ष बावुराम बोहरा, रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष मोतिलाल पाण्डे, पश्चिम नेपाल नेपाल वस व्यवसायी नारायण घिमिरे, होटल व्यवसायी माधव नेपाल लगायत छन् ।


