काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज ४ बजे बस्ने भएको छ ।
दिउसो ४ बजेका लागि बालुवाटारमा बैठक बोलाइएको हो । यसअघि आइतवार बस्ने भनिएको सचिवालय बैठक तयारी नपुगेको भन्दै स्थगित भएको थियो ।
हिजो पार्टी अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलपछि आजको लागि बैठक बोलाइएको हो । सचिवालय बैठकको ४ वटा कार्यसूची यसअघि नै तय भइसकेका छन् ।
बैठकमा मन्त्रीमण्डल पुर्नगठन, राजदूत नियुक्तिपछि देखिएको विवाद, मन्त्रीमण्डल पुर्नगठन, पार्टी एकताका बाँकी काम लगायतका विषयमा कुराकानी हुने बताइएको छ ।
फाईल तस्बिर




















