पोखरा – गण्डकी प्रदेशमा आज थप २७ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेशको २ जिल्लमा सोमबार २७ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।
प्रदेशको क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा कास्कीमा २६ जना र नवलपुरमा १ जनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएका अधिकांश सक्रमितको सम्पर्कमा रहेका मानिसहरु हुन् ।
पशुपन्छी तथा मत्स्य बिकाश निर्देशानलय, पोखरामा कार्यरत १ जना चिकित्सकमा पनि कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशमा अहिलेसम्म ४ हजार २०० जना संक्रमित भएका छन् । संक्रमणकै कारण अहिले सम्म गण्डकी प्रदेशमा ३४ जनाको मृत्यु भई सकेको छ ।


