काठमाण्डौं – सडक मार्गले नछोएको दुर्गम क्षेत्रका कोरोना संक्रमितलाई एयर लिफ्ट गरेर ल्याउन पाइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुर्गम तथा सहजरुपमा सडक यातायातको पहुँच नभएका स्थानलाई मध्यनजर गर्दै एयर लिफ्टसम्बन्धी मापदण्ड समेत बनाइ सकेको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार एयर लिफ्टको खर्च भने कोरोना संक्रमित आफैले ब्यहोर्नुपर्ने छ ।
साँकेतिक तस्बिर




















