काठमाण्डौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण फैलिएको भन्दै महान चाड जहाँ छौ त्यही बसेर मनाउनको लागि अनुरोध गरेको छ ।
आइतबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो जानकारी दिएका हुन।
‘काठमाडौं उपत्यका तथा शहरी क्षेत्रमा कोरोना संक्रमण बढ्दै गएको भन्दै डा.गौतमले जो जहाँ छन् त्यही बसेर मनाृन आग्रह गरेको हो ।
सम्मेलनमा डा.गौतमले जनस्वास्थ्यको मापदण्ड नअपनाउने व्यक्तिलाई जरिवना गरिने समेत बताए । उनले जरिवानाको दर रेट प्रस्ताव गरी छिट्टै नै स्वीकृत हुने जानकारी दिए ।




















