काठमाण्डौं – डा.गोबिन्द केसी संग बार्ता गर्न सरकारलाई नेपाल चिकित्सक संघले ७२ घण्टाको अल्टिमेटम दिएको छ ।
संघले अनसनरत डा.केसीको स्थितिप्रति बेवास्ता गरेको भन्दै सरकारलाई बार्ता टोली गठन गर्न ७२ घण्टे अल्टिमेटम दिएको हो ।
संघले आज (आइतबार) एक विज्ञप्ति जारी गदै डा.केसीको १९ औं आमरण अनसनका सम्बन्धमा संघका तर्फबाट सरकारको ध्यानाकर्षण गराइसकिएको तर २१ दिन पुगिसक्दा पनि सरकारले वार्ता टोली समेत गठन नगरेको भन्दै गम्भिर ध्यानकर्षण भएको जनाएको हो ।
संघका महासचिव डा.बद्री रिजालद्वारा जारी विज्ञप्तिमा डा.केसीको जीवन रक्षाका लागि हुनसक्ने विरोधका कार्यक्रमहरुलाई मध्यनजर गर्दै सरकारले यथाशिघ्र वार्ता टोली गठन गरी सौहार्दपूर्ण वातावरणमा वार्ता र सम्वादको माध्यामबाट उत्पन्न समस्याको समाधान गर्न आग्रह गरेको छ ।
संघले ७२ घण्टाभित्र वार्ता टोली गठन गरी डा.केसीको जीवन रक्षाका लागि कुनै पहल अघि नबढाइए जस्तोसुकै कठोर कदम चाल्न वाध्य हुने र यसबाट उत्पन्न हुनसक्ने गम्भिर परिस्थितिप्रति सरकारले नै जिम्मेवार लिनुपर्ने बिज्ञप्ती मार्फत चेतावनी दिएको छ ।
फाईल तस्बिर


