काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिदै मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमले देशभरबाट संकलित १२ हजा ७८४ नमुना परीक्षण गर्दा २२५३ जनामा संक्रमण देखिए पछि कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको बताए ।
त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ ।


