काठमाण्डौं – प्रधानमन्त्री निवास प्रवेश गरेको कोरोना भाइरसले एकै पटक ६७ जना सुरक्षकर्मी संक्रमित भएका छन् ।
प्रधानमन्त्रीको ३ सल्लाहकार र स्वकीय सचिवलाई संक्रमण पुष्टि भए संगै ठुलो संख्यामा सुरक्षकर्मीमा पनि संक्रमण पुष्टी भएको हो ।
संक्रमण भएका मध्ये नेपाली सेनालका २८ जना, नेपाल प्रहरीका १९ जना र सशस्त्र प्रहरीका १८ जना तथा राष्ट्रिय अनुसन्धान विभागका २ जनालाई कोरोना संक्रमण देखिएको छ ।
केही सुरक्षकर्मीको भने रिपोर्ट आउन बाँकी नै छ । बालुवाटार स्रोतका अनुसार अहिलेसम्म प्रधानमन्त्रीको सुरक्षाका लागि पहिलो घेरामा खटिने सुरक्षाकर्मीहरुमा भने संक्रमण देखिएको छैन ।
प्रधानमन्त्रीका निजी चिकित्सक एवं त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)की डीन डा. दिब्यासिंह शाह र प्रधानमन्त्रीको सचिवालयमा रहेका फोटोग्राफर राजन काफ्लेलाई कोरोना संक्रमण देखिए पछि अरुको स्वाब परिक्षण गर्दा यती ठुलो संख्याको सुरक्षाकर्मीमा संक्रमण देखिएको हो ।




















