काठमाण्डौं – डा.गोबिन्द केसीको समर्थनमा विभिन्न अस्पतालका आवासीय डाक्टरहरुले आन्दोलन थालेका छन् ।
स्वास्थ्य सेवा सुधारको माग गर्दै २१ दिनदेखि अनसनमा बस्दै आएका डा.गोविन्द केसीको समर्थनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालका आवासीय डाक्टरहरुले आजदेखि आन्दोलन थाल्ने भएका छन् ।
उनीहरुले आज देखी दैनिक २ घण्टा मात्र आकस्मिक र कोरोनाको उपचारबाहेक सेवा ठप्प पार्ने बताएका छन् ।
आन्दोलनरत डाक्टरहरुले डा.केसीसँग वार्ता गर्न २४ घण्टे अल्टिमेटम दिएका छन् । उनीहरुले वार्ताको पहल नगरे थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा अनसनमा बसेका डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
डा.केसीको जीवन रक्षा र उनले उठाएका माग पूरा गर्न दबाब दिँदै आवासीय डाक्टरहरुले आन्दोलन घोषणा गरेका हुन् ।
भदौ २९ गते देखी डा.केसीले जुम्लाको धर्मशालाबाट अनसन सुरु गरेका थिए । उनको समर्थनमा हिजो (शनिबार) युवाहरुको ठुलो समूहले माइतीघर मण्डलामा प्रदर्शन समेत गरेका थिए ।
फाईल तस्बिर


