काठमाण्डौं – नेपाली कांग्रेसका युवा नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापालाई कोरोना संक्रमण पुष्टि छ ।
कांग्रेसले असोज १९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका लागि नेताहरुको पीसीआर टेष्ट गर्ने क्रममा थापालाई संक्रमण पुष्ठी भएको हो ।
थापाले आफूलाई कोरोना संक्रमण भएको तर स्वास्थ्य अवस्था सामान्य रहेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
थापा अहिले होम आइसोलेसनमा बस्दै आफ्नो सम्पर्कमा आएका सबैलाई सजगता अपनाउन र कुनै समस्या आए स्वास्थ्यकर्मीसँग परामर्श लिन थापाले सबैलाई आग्रह समेत गरेका छन् ।




















