काठमाण्डौं – प्रधानमन्त्रीको सचिवालयमा काम गर्ने ४ जनालाई कोरोना पुष्टि भएको छ ।
संक्रमण हुनेमा मुख्य सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापा, ओलीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना संक्रमण भएको हो ।
हिजो (शुक्रबार) गरिएको पीसीआर परीक्षणमा रिमाल, थापा, डा.भट्टराई र भण्डारीलाई कोरोना संक्रमण देखिएको छ । उनीहरुले सामाजिक सञ्जालमार्फत आफूहरुमा कोरोना पुष्टि भएको जानकारी गराएका छन् ।
संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सदस्यहरुमा पहिलो पटक कोरोना संक्रमण पुष्टी भए संगै बालुवाटार अन्यौलमा परेको छ ।



