काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप २१२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २१२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमले देशभरबाट संकलित १२ हजार ९७८ नमुना परीक्षण गर्दा २१२० जनामा संक्रमण देखिएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२८ पुगेको छ ।


