काठमाण्डौं – नेपाली ईतिहालमा अहिले सम्मकै सबै भन्दा धेरै कोरोना संक्रमित देखिएको छ । आज मात्रै थप २७२२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिदै मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमले नेपालमा अहिले सम्मकै धेरै आज संक्रमित भएको जनाएको हो । डा.गौतमका अनुसार आज थपिएको २७२२ जना सहति नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।
संक्रमणकै कारण पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ ।


