एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई कोरोना संक्रमण देखिएको छ । शुक्रबार बिहान ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले आफू र पत्नी मेलानियालाई कोरोना भएको जानकारी दिएका हुन् ।
कोरोना देखिएपछि आफूहरु क्वारेन्टाइनमा बस्ने पनि उनले जानकारी दिएका छन् ।
बिहीबार बेलुका राष्ट्रपति ट्रम्प र प्रथम महिलामा कोरोना संक्रमण पुष्टि भएको राष्ट्रपति ट्रम्पका फिजिसियन डाक्टर सिन कोन्लेले जानकारी दिएका छन् । उनका अनुसार दुवै जनाको स्वास्थ्य अवस्था समान्य रहेको छ । डाक्टर कोन्लेले राष्ट्रपति ट्रम्प र प्रथम महिला ह्वाइट हाउसमै क्वारेन्टाइनमा बस्ने पनि जानकारी दिए ।
ह्वाइट हाउसमा रहेको चिकित्सको विशेष टोलीको प्रत्यक्ष निगरानीमा राष्ट्रपति र प्रथम महिला रहने पनि उनले बताए ।
राष्ट्रपति ट्रम्पले बिहीबार बेलुका नै आफ्ना नजिकका सहयोगीलाई कोरोना भएपछि क्वारेन्टाइनमा बस्ने योजना सुनाएका थिए ।


