काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आजनेपालमा थप १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमले आज १९११ जनामा संक्रमण देखिए संगै अब नेपालमा संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको बताए ।
त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको मन्त्रालयले बताएको छ ।


