काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप १५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (बुधबार) गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमले आज थप भएको १५५९ जना सहित नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको बताए ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९८ पुगेको छ ।




















