बझाङ – बझाङमा १२ बर्षिया बालिका सम्झनालाई बलात्कार पछि आफैले हत्या गरेको भन्दै राजेन्द्र बोहराले प्रहरीमा साविती बयान दिएका छन् ।
बझाङको मष्टा गाउँपालिका २ की १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या गरेको आरोपीले स्वीकार गरेका हुन् ।
बलात्कार तथा हत्याको आरोपमा बझाङ प्रहरीको नियन्त्रणमा रहेका बोहराले अपराध स्वीकारेको बझाङ प्रहरीले जनाएको छ । बुधबार (असोज ८ गते) साँझ गाईवस्तुलाई गोठमा घाँस हाल्न गएकी सम्झनालाई लछारपछार गर्दै स्थानिय एक मन्दिरमा लगेर बलात्कारपछि आफैले हत्या गरेको उनले स्वीकार गरेका हुन् ।
बलात्कार र हत्या आरोपी बोहोरा अन्य अपराधिक घटनामा पनि सग्लन भएको प्रहरीले जनाएको छ । बोहोराले साउन २९ गते घट्ट गएकी गाउँकै अर्की एक १३ वर्षीया बालिकालाई समेत बलात्कार गरेको भन्दै सोमबार बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालय बझाङमा बलात्कार सम्बन्धि मुद्दा दर्ता भएको छ ।
सम्झनाको हत्या भएको शिब मन्दिर नजिकै डेढ वर्ष अगाडी एक बालक मृत भेटिएका थिए । स्थानीयले अहिले सो घटनामा पनि बोहोराले नै गराएको आशंका गरेका छन् ।
मृतक भेटिएका बालकको पनि कानमा लगाएको सुनको मुन्द्रा पनि गायब थियो । अब प्रहरीले अनसुन्धान गरी आफ्नो छोराको हत्यारा पनि कानुनी कारबाही गर्नुपर्ने मृतक बालकका बुवा शेरबहादुर कामीले बताए ।
१३ बर्षिया बालिकाको पनि करणी गरेको जाहेरी परे पछि भने गाउँलेहरुले गाउँमा भएका अन्य घटनाहरुमा पनि राजेन्द्रको संलग्नता रहेको अनुमान गरेका छन् ।
यसैबीच सम्झना हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै बझाङको सदरमुकाम चैनपुरमा अधिकारकर्मी र विद्यार्थी सङ्गठनले प्रर्दशन गरेका छन् ।
मृतकका आफन्तले घटनामा सग्लनलाई हदैसम्मको कारवाहीको माग गरेका छन ।


