चरित्रलाई चित्रमा उतार्ने सस्कार पछिल्लो समय निकै एड्भान्स भएको छ । डिजिटल दुनियाले फड्को मारेसंगै फोटोको स्तरपनी एचडीमा पुगेको अवस्था छ । यहि फोटो चित्र जिन्दगिको महत्त्वपूर्ण शब्दचित्रको रुपमा लिन सक्ने उदाहरणहरु पछिल्लो समय निकै छन् । यस्तै, पेरिफेरीमा अहिले एक फोटोस्टोरिको सामाजिक संजालमा चर्चा चलिरहेको छ । नेपालमा पछिल्लो समय बढ्दै गएको महिला हिं सालाई शिलशिलाबद्ध ढङ्गले ११ ओटा तस्वीरमा प्रस्तुत गरिएको छ ।
उक्त तस्वीरहरु हेर्दै गर्दा झट्टै दिमागमा एउटा भिडियो सल्बलाउछ । त्यो हो प्रकाश सपुतको ‘बद्ला बरिलै’ । महिला माथीको अ त्या चा र लाई कलात्मक ढङ्गले बद्ला सहित देखाईएको उक्त भिडियोको फोटो सस्करण हो भन्दा फरक नपर्ला । यो कन्सेप्टको फोटोस्टोरिलाई हेटौंडाका मेहनती फोटोग्राफर आदर्श पराजुली र उनको टिमले तयार गरेका हुन् । हेटौंडामा ‘न्यु क्रियशन स्टुडियो’ संचालन गरेर फोटो तथा भिडियोको सेवा प्रदान गर्दै आएका पराजुली र उनको टिमले महिला हिंसा विरुद्ध सचेतना अभियान सहित यो फोटो स्टोरिलाई तयार गर्न निकै मेहनत र दिमाग लगाएका छन् ।
फोटोबाट पनि सचेतना र सम्बन्धित निकायलाई दवाव दिन सकिन्छ भन्ने पराजुलीको ठम्याई छ भने आफ्नो कामले केही मात्रामा भएपनी सकारात्मक परिवर्तन आउने उनी बताउछन् । तस्वीरमा एक युवतीमाथी केही युवाहरुले आक्रमण र जबर्जस्ती गरेको देखिन्छ । तर, ती युवतिले समग्र महिलाहरु माथी हुने हिं सा को प्रतिनिधित्व गरेकि छन् । उक्त फोटो स्टोरिमा प्रस्तुत युवती हुन् स्वीकृति ढुङेल । उनी मोडल, फेसन कोरियोग्राफर संगै समाजसेवी समेत हुन् । तस्वीरमा देखिएको उनको चरीत्र प्रसंशायोग्य छ ।
न्यु क्रियशन स्टुडियोको अफिसियल फेसबुक पेज बाट सार्बजनिक उक्त फोटोस्टोरीलाई २ हजार बढिले लाईक, १ हजार बढीले शेयर तथा झन्डै २ सयले उक्त कामको प्रसंशा गरेका छन् । सो स्टुडियोका संचालक आदर्शकै कन्सेप्टमा तयार भएको फोटो स्टोरिलाई उनी आफैले क्यामेरामा कैद गरेका हुन् । बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योगको हेटेक्स स्कुलको क्षेत्रमा उक्त फोटोहरु सुट गरिएको हो । श्रिङ्गारको काम दि सुस्मा मेकअपले गरेको छ । ‘प्रत्येक नारी देवीको रुप हुन्, जसरी आमाको सम्मान गरिन्छ, त्यसैगरी नारीको सम्मान गर्न सिकौँ भन्ने’ सन्देश सहित उक्त तस्वीरहरुलाई सार्बजनिक गरिएको हो ।













