गोरखा समाचारदाता
काठमाण्डौं – सशस्त्र प्रहरी बलले आफ्नो संगठनका बारेमा अर्नगल प्रचार नगर्न सञ्चार माध्यामहरुलाई आग्रह गरेको छ ।
केही दिन यता बलका प्रहरी बल¸ नेपालको स्वीकृत संगठन व्यवस्थापन तथा सर्वेक्षण र अन्य केही विषयका सम्बन्धमा केही सञ्चार माध्यामले भ्रामक समाचार प्रकाशन तथा प्रशारण गरेको भन्दै त्यस्तो कपोलकल्पित¸ आधारहिन तथा तथ्यहिन समाचार प्रकाशित सशस्त्र प्रहरी बलको गम्भिर ध्यानाकर्षण भएको भन्दै त्यस्तो कार्य नगर्न अनुरोध गरेको हो ।
सशस्त्र प्रहरी बलको तर्फबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक एवं प्रवक्ता प्रविणकुमार श्रेष्ठले विज्ञप्ती नै जारी गर्दै ‘स्थापनाको छोटो समयमा नै सशस्त्र प्रहरी बलले राष्ट्र र नागरिकको सेवा¸ सुरक्षा¸ सहयोग तथा उद्दारमा हिमालदेखी तराई सम्म परिचालित रही आफूलाई सक्षम सुरक्षा निकायको रुपमा प्रमाणित गरिसकेको’ भन्दै ‘नेपाल सरकारबाट जारी गरिएका आदेश र निर्देशनको अक्षरशः पालना गराउन सीमा ईलाका लगायत देशका विभिन्न क्षेत्रमा सशस्त्र प्रहरी कर्मचारी दिन रात¸ भोक प्यास¸ घाम पानी र हावा हुरीको पर्वाह नगरी अहोरात्र परिचालित भइरहेको यथार्थ आम सर्वसाधारणले प्रत्यक्ष अनुभूती गरिरहेका छन् ।’ भनिएको छ ।
विज्ञप्तीमा ‘यती हुदाहुदै पनि केही संचार माध्यम र व्यक्तिहरुले आफ्नो व्यक्तिगत स्वार्थ र हितका लागि तथा सस्तो लोकप्रियता र अनलाइनको शुरुवातीमै विकाउका लागि संगठन र संगठन प्रमुखमाथि सुनियोजित ढंगले विना अध्ययन हचुवाको भरमा भ्रम सृजना गराइ संगठन र राष्ट्रको सुरक्षा माथी नै सुनियोजित प्रहार गर्ने मनसायबाट प्रेरित भइ समाचार प्रकाशन गरिरहेको’ भन्दै यस्ता कार्यले सर्व साधारण जनतामा बल प्रति नकारात्म सन्देश जाने हुनाले त्यस्ता कार्य नगर्न भनेको छ ।
‘सशस्त्र प्रहरी बल नेपाल सरकारबाट प्रदान गरिएका जिम्मेवारी र उत्तरदायित्व पुरा गर्न सदैब प्रतिबद्ध छ। संगठनको प्रगतिमा ईर्ष्या गर्ने केही तत्वहरुले अनेक हतकण्डा अपनाएर संगठनलाई विवादमा ल्याई कमजोर बनाएर आफ्नो स्वार्थ पुरा गर्ने मनसायबाट संगठन माथि प्रहार गरिरहेको तथ्य उजागर हुन थालेको’ विज्ञप्तीमा भनिएको छ । ‘संगठनको व्यवस्थापन तथा सर्वेक्षण एवं दरबन्दी हेरफेर गर्ने सम्पूर्ण अधिकार गृह मन्त्रालय र नेपाल सरकारको रहेको तसर्थ यस्ता कार्यमा आफुखुशी गरेको भनी जवरजस्त ढंगले विवादमा तान्ने र बदनाम गराउने मनसायबाट प्रेरित भएको देखिन्छ’ भन्दै विज्ञाप्तीमा ‘सशस्त्र प्रहरी बल नेपाल सरकारको आदेश र निर्देशनमा परिचालित भइ सर्वसाधारण नागरिकको सेवा तथा सुरक्षामा समाहित संगठन भएकोले यसको विकास र विस्तार राज्य र जनताको आवश्यकता हो’ भनिएको छ ।
‘विगतमा दक्षिणी सीमानामा रहेको ८७ वटा बोर्डर आउट पोष्ट (बिओपी)को संख्या वृद्धी गरी पूर्वमा ईलामको पशुपतिनगरदेखि सुदुरपश्चिममा दार्चुलाको छाङ्गरु सम्म १३० वटा र उत्तरतर्फ हुम्लाको हिल्सा¸ मुस्ताङ्गको नेचुङ्ग तथा संखुवासभाको किमाथाङ्का गरी ३ सहित १३३ वटाको संख्यामा बिओपी स्थापना भएबाट पनी संगठनको बर्तमान नेतृत्व देशको सीमा सुरक्षामा दृढ संकल्पित रहेको’ विज्ञप्ती मार्फत स्पष्ट पारेको छ ।





















