गोरखा समाचारदाता
पोखरा – गण्डकी प्रदेशमा सनिबार बिहानै ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बागलुङ, स्याङजा र नवलपुरमा गरी ३२ जनालाई संक्रमण देखिएको पुष्टी भएको हो । यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८३८ पुगेको छ ।
संक्रमितमध्ये २२ जना स्याङ्जाका छन् । बाग्लुङका ८ जनामा संक्रमण देखिएको छ भने नवलपुरमा २ जनालाई संक्रमण ेदेखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयले सनिबार बिहान ७ः१५ बजे प्रकाशित गरेको विज्ञप्ती अनुसार बागलुङको ढोरपाटन नगरपालिकाका १ जना पुरुष र काठेखोला गाउँपालिकाका ८ जना पुरुष गरी ८ जना, स्याङजाको पुतलीबजार नगरपालिकाका १ जना पुरुष, बिरुवा गाउँपालिकाका १ जना पुरुष, अर्जुनचौपारी गाउँपालिकाका १२ महिनाको एक बालक सहित १३ जना पुरुष र ६ जना महिला र वालिङ नगरपालिकाका १ पुरुष गरी २२ जना तथा नवलपुरको हुप्से गाउँपालिकामा २ जना पुरुषमा कोरोना संक्रमण देखिएको पुष्टी गरेको हो ।



