गोरखा समाचारदाता
गोरखा – गोरखाको २ स्थानिय पालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
शुक्रबार भीमसेन थापा गाउँपालिका र पालुङटार नगरपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
राजधानीको प्रयोगशालामा गरिएको पिसीआर परिक्षणमा भीमसेन थापा गाउँपालिकाका ३ जना र पालुङटार नगरपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेले बताए ।
प्राप्त विवरण अनुसार पालुङटारमा भारतबाट फर्किएमा देखिएको छ भने भीमसेन थापा गाउँपालिकामा भने स्थानिय स्तरमा बसोबास गर्नेलाई देखिएको हो ।
संक्रमित सबै जिल्ला सदरमुकाममा रहेको आइसोलेशन कक्षमा ल्याउने तयारी भईरहेको छ ।
संक्रमित ७७ जना मध्ये आज सम्म २० जना सफल उपचार पछि घर फर्किएका छन् ।


