गोरखा समाचारदाता
गोरखा – गोरखा अस्पतालको आइसोलेशनमा उपचारत कोरोना संक्रमित मध्ये २ जनालाई आज घर फर्काइएको छ ।
बारपाक सुलिकोट गाउँपालिका र भीमसेन थापा गाउँपालिकाका २ जनालाई अस्पतालले शुक्रबार घर फठाएको हो । यो सहित गोरखा जिल्लामा कोरोना संक्रमित मध्ये २० जना उपचार पछि घर गई फर्किएका छन् ।
गोरखा अस्पतालले सूचना जारी गर्दै बारपाक सुलिकोट र भीमसेन थापा गाउँपालिकाको २५ र ३३ बर्षका पुरुषलाई उपचार पछि घर पठाएको हो । ‘उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र शुक्रराज ट्रपिकल एण्ड इन्फेक्सियस डिजिज हस्पिटल काठमाण्डौं र गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराबाट पिसिआर रिर्पोट नेगेटिभ आउनुका साथै १४ दिन आइसोलेशनमा उपचार गराएर घर पठाईएको’ अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले बताए ।
अस्पतालले सूचना जारी गर्दै चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा सहयोग गर्ने ब्यवस्थापन समिति, पत्रकार, सुरक्षकर्मी र संक्रमितहरुलाई धन्यबाद दिएको छ ।



