गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)का कारण नेपालमा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ।
दाङमा हिजो (बिहीबार) अचेत भएर लडेकी महिलामा कोरोना पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमीत पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवत्ता डा.जागेश्वर गौतमले अन्दाजी २५–३० वर्षीया महिला अचेत अवस्थामा भेटेर प्रहरीले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर उपचार गराउदा ज्यान गएको र उनको पिसिआर परिक्षणका क्रममा पोजेटिभ देखिएको बताए ।
ज्यान जाने महिलाको अहिले सम्म पनि परिचय खुल्न सकेको छैन । दाङ प्रहरीले उनको परिवारको खोजी भइरहेको जनाएको छ।


