गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट शुक्रबार नेपालमा थप ५९३ जना संक्रमण पुष्टी भएको छ ।
शुक्रबार देशभरको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ५९३ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मान्त्रालयले गरेको नियमीत पत्रकार सम्मेलनमा प्रबत्ता डा.जागेश्वर गौतमले १०७ महिला र ४८६ पुरुष गरी ५९३ जनामा कोरोना पोजिटिभ देखिएको जानकारी दिए ।
सम्मेलनमा आज सम्म संक्रमितमध्ये १ हजार २४९ महिला र १० हजार ५०६ पुरुष संक्रमित भएको छ ।


