काठमाडौं– करिव एक महिनाअघि फेसन डिजाइनर तथा अभिनेत्री क्षितिजा शाक्य तथा उनकी आमा उर्मिला श्रेष्ठले लकडाउनका क्रममा काठमाडौंका डेढ दर्जन वृद्ध–वृद्धा आमा–बुवाहरुलाई राहत सामग्री प्रदान गर्न तथा खाना खुवाउनका लागि नगद उपलब्ध गराएका थिए ।
उर्मिला श्रेष्ठ, समाजसेवी
कडा लकडाउनका कारण त्यसबेला उनीहरु उक्त कार्यक्रममा सहभागि हुन सकेका थिएनन् ।
असार १ गतेदेखि काठमाडौंमा लकडाउन खुकुलो भएपछि शहरमा चहलपहल बढेको छ । पसलहरु खुलेका छन् ।
नीजि सवारी साधानहरु जोर विजोर प्रणलीले सञ्चालन हुन पाएका छन् ।
यही अवस्थाको सदुपयोग गर्दै अभिनेत्री शाक्यले आफ्ना श्रीमान् को सहयोगमा आज बुधवार पुन : एक पटक समाजसेवा गरेका छन् ।
अभिनेत्री शाक्यकी विदेशमा बसोबास गर्नु हुने समाजसेवी आमाको आर्थिक सहयोगमा यसपटक जोरपाटीस्थित गालिल चर्चमा पुगेर राहत सामग्रीका साथमा खाद्यान्न वितरण गर्नुका साथै राहत पाउनहरुलाई खाना नै खुवाएका हुन् ।
अभिनेत्री शाक्यका अनुसार आज उनीहरुले वृद्ध-वृद्धा, आमा-बुवा, विधवा महिलाका साथै अनाथ बालबालिकाहरुहरुलाई समेत राहत वितरण गरेका हुन् ।
‘आजको राहत वितरणमा मलाई मेरा श्रीमान्ले पनि ठूलो सहयोग गर्नु भयो, अभिनेत्री शाक्य भन्छिन्- ‘आज हामीले न्यूरोडबाट समेत आमा–बुवाहरुलाई जोरपाटीको गागिल चर्च लिएर गएका थियौं । चर्चले पनि राहतको आवश्यकता भएका मानिसहरु खोजिदिनु भएको थियो । मेरो आमाको ठूलो इच्छा विधवा महिला तथा अनाथ बालबालिकाहरुलाई सहयोग भन्ने थियो । उहाँको त्यो इचछा आज पुरा भयो । आगामी दिनमा समेत हामी आमा–छोरी मिलेर आवश्यकता भएकाहरुलाई राहत बाँड्ने प्रयास गर्नेछौं ।’




















