गोरखा समाचारदाता
गोरखा – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित मध्ये १ महिला सहित ९ जनालाई आज गोरखा अस्पतालले घर पठाएको छ ।
संक्रमित मध्ये गोरखा नगरपालिका र गण्डकी गाउँपालिकाका संक्रमित उपचार पछि निको भएर घर पठाईएको हो ।गोरखा अस्पतालमा उपचाररत मध्ये आज सम्म १७ जनालाई सफल उपचार पछि घर पठाईएको गोरखा अस्पतालले जनाएको छ ।
गोरखा अस्पतालले साँझ एक विज्ञप्ती जारी गर्दै गोरखा नगरपालिकाका वडा नम्बर ३, ११ र १३ का १ महिला सहित ४ जना र गण्डकी गाउँपालिका वडा नम्बर ५ का ५ जना पुरुषलाई उपचार पछि घर फकाईएको जनाएको छ ।
प्राप्त विवरण अनुसार गोरखा नगरपालिका ३१ बर्षिया महिला सहित २९, ३२ र ३५ बर्षका पुरुष तथा गण्डकी गाउँपालिकाका २०? २१, २५, २६ र ३० बर्षका पुरुषलाई सफल उपचार पछि घर पठाईएको जनाएको छ ।
उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं, शुक्रराज ट्रपिकल एण्ड इन्फेक्सियस डिजिज हस्पिटल काठमाण्डौं र प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराबाट प्राप्त रिर्पोट सबै नेगेटिभ भए पछि घर पठाईएको गोरखा अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले बताए ।


