गोरखा समाचारदाता
काठमाण्डौं – नेपालमा नोबल कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित हुनेको संख्या ११ हजार नाघेको छ । आज मात्रै पनि ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप ४३४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यो सहित अब नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमले बिहीबार थप ४३४ जनामा कोरोना संक्रमण पुष्टी हुदा नेपालमा संक्रमितको संख्या ११ हजार १६२ पुगेको जानकारी दिए ।



