गोरखा समाचारदाता
पोखरा – गण्डकी प्रदेशमा बिहीबार दिउसो थप १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
प्रदेशको नवलपुर तनुह जिल्लामा गरी १४ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित अब गण्डकी प्रदेशमा संक्रमितको संख्या ७६७ जना पुगको छ ।
संक्रमित हुनेहरुमा तनहुुँको म्यादे गाउँपालिका ७ पुरुष २ महिला र नवलपुरका ४ पुरुष र १ महिला रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरको छ ।
जस अन्तरर्गत तनहुँको म्यादे गाउँपालिकाका ३१, ४४, २२, ५३, ४५, २० र २९ बर्षका पुरुष र २३ र ३४ बर्षका महिलामा संक्रमण पुष्टी भएको हो । त्यस्तै गरी नवलपुरको विनय त्रिवेणी गाउँपालिकाका ४२, १४, ४५ र २९ बर्षका पुरुष र ३६ बर्षिया महिलालाई संक्रमण भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा प्रबत्ता डा.बिनोद बिन्दु शर्माले बताए ।
संक्रमितहरुको पहिचान भई रहेको र सम्वन्धीत जिल्लाको आइसोलेशनमा ल्याउने तयारी भई रहेको निर्देशनालयले जनाएको छ ।


