गोरखा समाचारदाता
काठमाण्डौं – चितवनका एक कोरोना संक्रमितको उपचारको क्रममा आज पाटन अस्पतालमा ज्यान गएको छ ।
पाटन अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको बिहीबार विहान ७ ज्यान गएको हो । यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २६ पुगेको छ ।
चितवनका कोरोना संक्रमितको पाटन अस्पतालमा उपचारको क्रममा ज्यान गएको स्वास्थ्य कार्यालय ललितपुरले पुष्टी गरेको छ ।
चितवन घर भई ललिपुरको महालक्ष्मी स्थानमा बस्दै आएका उनको ५ महिना अगाडि मात्र मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई कोरोना संक्रमणको पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसन सेन्टरमा उपचार हुँदै आएको थियो ।


