गोरखा समाचारदाता
सल्यान – सल्यान जिल्ला अस्पताल सिल गरिएको छ ।
अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि आजदेखी अनिश्चितकालका लागि सिल गरिएको हो ।
अस्पतालले आकस्मिक बाहेक अन्य सबै सेवा बन्द गरिएको सूचना जारी गरेको छ । संक्रमित स्वास्थ्यकर्मीलाई अहिले क्वारेन्टिनको आइसोलेसनमा राखिएको छ ।
संक्रमितको सम्पर्कमा आएकाहरुको पीसीआर परीक्षण पनि सुरु गरिएको छ । अस्पतालका सबै स्वास्थ्यकर्मीको पनि स्वाब संकलन गरिएको छ ।
अस्पतालवाट दैनिक जसो १०० जना भन्दा बढीले सेवा लिदै आएका थिए ।


