×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५९ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

बराबरीमा रोकियो लिभरपुल

  •  
  • मङ्गलबार, असार ०९, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष टोली लिभरपुल एभर्टनसँग बराबरीमा रोकिएको छ। एभर्टनको घरेलु मैदानमा आइतबार राति खेलिएको खेलमा लिभरपुलले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो। यस बराबरीले लिभरपुलको उपाधि यात्रा अझै दुई खेल लम्बिएको छ। लिभरपुललाई च्याम्पियन बन्न दुई जितको आवश्यक छ। एभर्टनलाई हराउन सकेको भए लिभरपुललाई अर्को एक खेल जिते उपाधिमाथि कब्जा जमाउन पर्याप्त हुने थियो।

    घरेलु टोलीमाथि लगातार आक्रमण बुने पनि लिभरपुलले गोल गर्न सकेन। लिभरपुलको प्रयासमा एभर्टनको रक्षापंक्ति बाधक बनेको थियो। पहिलो हाफमा मात्र लिभरपुलले तीनवटा उत्कृष्ट अवसर गुमाएको थियो। ३०औं मिनेटमा जोय मटिपको सशक्त प्रहार पोस्टमाथि हुइँकिएको थियो। लगत्तै मिनामिनो पोस्ट नजिक चुकेका थिए। ४१औं मिनेटमा अलेक्सान्डर अर्नाेल्डको प्रहारलाई एभर्टनका गोलरक्षकले विफल पारिदिएका थिए।

    दोस्रो हाफमा पनि एउटै लय समाएको लिभरपुलले उत्तिकै अवसर गुमायो। ५१औं मिनेटमा रोवर्टो फर्मिन्हो वान भर्सेस वानको मौकामा चुकेका थिए। त्यसपछि रिर्चालिसनले दुईवटा मौका खेर फालेपछि लिभरपुल अंक बाँड्न बाध्य बन्यो। एभर्टनले दोस्रो हाफमा गोल गर्ने दुईवटा फितलो अवसर बनाए पनि सफल हुन सकेन। खेलभर रक्षात्मक रणनीति अपनाएको एभर्टन आफ्नो रणनीतिमा सफल देखियो। यस बराबरीले ३० वर्षपछि उपाधिको मुखमा रहेको लिभरपुलको उपाधि यात्रा अझै दुई खेल लम्बिएको छ।

    बराबरीसँगै ३० खेल सकेको लिभरपुलको ८३ अंक छ। लिभरपुल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा २३ अंकले अगाडि छ। एक खेल कम खेलेको सिटीको ६० अंक छ। लिभरपुलसँग अंक खोसेको एभर्टन ३८ अंकसहित १२औं स्थानमा छ।

    यसैगरी आइतबार राति नै भएको अर्को खेलमा चेल्सीले एस्टन भिल्लालाई उसैको मैदानमा २–१ गोलले हराएको छ। चेल्सीको पुनरागमन जितमा क्रिस्टियन पुलिसिकले ६०औं र ओलिभर गिरोडले ६२औं मिनेटमा गोल गरेका थिए। यसअघि एस्टन भिल्लाका कोर्टनी हाउसले ४३औं मिनेटमा सुरुआती गोल गरेका थिए। जितसँगै चेल्सीले चौथो स्थान थप बलियो बनाएको छ। चेल्सीको ३० खेलबाट ५१ अंक पुगेको छ। तेस्रो स्थानमा रहेको लेस्टर सिटीको ५४ अंक छ। चेल्सीसँग पराजित एस्टन भिल्लाको २६ अंक छ। १९औं स्थानमा रहेको एस्टन भिल्लालाई रेलिगेसनको दबाब छ।

    अर्को खेलमा न्युक्यासल युनाइटेडले सेफिल्ड युनाइटेडलाई ३–० गोलले हरायो। घरेलु मैदानमा भएको एकपक्षीय खेलमा न्युक्यासललाई जिताउन एलन सेन्ट म्याक्सिमिनले ५५औं, म्याट रिचिइले ६९औं र जोयलिन्टनले ७८औं मिनेटमा गोल गरेका थिए। १० खेलाडीमा समेटिएको सेफिल्ड खेलभर निरिह बन्यो। सेफिल्डका जोन इगन ५०औं मिनेटमा दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए। जितसँगै ३८ अंक बनाएको न्युक्यासल १३औं स्थानमा छ। यसअघि ४४ अंक बनाएको सेफिल्ड सातौं स्थानमा छ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    मङ्गलबार, असार ०९, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न : ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
    प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित
    विश्वकप फुटवल : १६ वर्षपछि स्पेनकाे पाेल्टामा उपाधि
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.